अध्यादेशमार्फत कोशी सरकारले ल्यायो ३६ अर्ब २४ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत सो बजेट ल्याएका हुन् । सो बजेट मध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालू तर्फ विनियोजन गरिएको छ ।

यस्तै पुँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *