बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या

पोखरा । तनहुँमा विवाह गरेको एक महिनामै दुई युवकले श्रीमतीको हत्या गरेका छन् । दमौली बजार नजिक रहेको चिहानडाँडामा बोराभित्र शव भेटिएपछि अनुसन्धान गर्दै जाँदा उनकै श्रीमानले हत्या गरेको खुलेको हो ।

व्यास ४ स्थित चिहानडाँडामा मनोज विष्टले श्रीमती रंगीला भुजेलको हत्या गरेको स्वीकार गरेका छन् । श्रीमान् श्रीमतीको विवाद भएपछि मनोजले रंगिलाको टाउकोमा हानेका थिए । हत्या गरेपछि कोठाभन्दा करिब ५ सय टाढा नालामा भित्र शव फालेको उनले प्रहरीलाई बयान दिएका छन् । मंगलबार बिहान करिब १० बजे शव भेटिएको हो ।

उनीहरूको गत बैशाखमा बिहे भएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ । मनोजलाई कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *