भारतलाई स्तब्ध पार्ने सोचमा नेपाली महिला टोली

काठमाडौँ । नेपालले हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको दोस्रो खेलमा आज भारतको सामना गर्दै छ । समूह ए अन्तर्गत नेपालले आज भारत ए टिमको सामना गर्ने भएको छ । यो

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुने छ । यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग हार बेहोरिसकेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल पाकिस्तान एसँग ९ रनले हारेको थियो । नेपाल पहिलो र भारत लगातार दोस्रो जितको सोचमा हुनेछन् ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समूह ए मा रहेको छ ।  नेपालले अब आफ्नो समूह चरणको अन्तिम खेल १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।

नेपाली टीम:- रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कविता जोशी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *