सेवा आयोगका अध्यक्षलाई कालोमोसो छ्याप्ने नेविसंघ नेता पोखरेल पक्राउ

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष महेश दाहालकाे अनुहारमा कालोमोसो छ्यापेर दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ(नेविसंघ) मोरङका जिल्ला सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

सभापति पोखरेललाई दुहबीबाट बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार राईले बताए ।

विश्वविद्यालयमा अराजकता देखाएको भन्दै नेविसंघ सभापति पोखेललगायतको समूहले सोमबार दाहालमाथि कालोमोसो दलेका थिए ।

आफूमाथि दुव्र्यबहार गर्ने सभापति पोखरेलसहित नेविसंघका उक्त समूहका सदस्यविरुद्ध अध्यक्ष दालले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरिका आधारमा पक्राउ गरेको हो । अभियुक्त अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विश्वविद्यालय नीति नियमविपरीत चलेको, सेवा आयोगले आफूनिकट कर्मचारी भर्ती केन्द्र बनाएको जस्ता आरोप लगाउँदै नेविसंघको उक्त समूहले आयोग अध्यक्षको निवासमै पुगेर कालोमोसो दलेका थिए ।

मंगलबार नै पूर्वाञ्ल विश्वविद्यालयका डिन तथा प्राधापकले विज्ञप्ति जारी गरी घटनाप्रति घोर आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *