फेवाको सीमसार पुरेर बनाइएको प्लटिङ महानगरले भत्कायो (तस्बिरहरू)

पोखरा । फेवातालको सीमसार क्षेत्र पुरेर बनाइएको प्लटिङ पोखरा महानगरपालिकाले भत्काइदिएको छ । नगर प्रहरी सहितको टोली पुगेर प्लटिङमा डोजर लगाइएको हो ।

महानगरको अनुमति बिना सिमसार क्षेत्रमा प्लटिङ गरिएकोले भत्काएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । कृषि जमिन सम्म्याउने अनुमति लिएर देवेन्द्र केसी र प्रकाश केसीको जग्गामा प्लटिङ बनाइएको थियो ।

करिब ८० रोपनीमा निर्माण भएको प्लटिङ भत्काइएको महानगरले जनाएको छ । महानगरकै अनुमति लिएर प्लटिङ गरिएको भन्दै मेयर धनराज आचार्यको चौतर्फी आलोचना भएको थियो ।

पामेका स्थानीयवासीले आफ्नो जग्गा प्लटिङ गर्न पाउने पर्ने माग राख्दै आइतबार महानगरमा प्रदर्शन गरेका थिए । किसानहरूले भने अनधिकृत रूपमा प्लटिङ गरेर आफ्नो जग्गामा खेती गर्ने वातावरण नभएको भन्दै भत्काउन दबाब दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *