पाकिस्तानसँग ९ रनले हार्‍यो नेपाल

काठमाडौँ । नेपाल हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछाएको नेपाली महिला क्रिकेट टिमले २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्र बनाएपछि खेल ९ रनले हारेको हो ।  यसअघि टस हारेर पहिला ब्याटिङ गरको पाकिस्तानको ए टिमले १९.२ ओभरमा अल आउट हुँदै ८७ रन बनाएको थियो ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समूह ए मा रहेको छ ।  नेपालले अब दोस्रो खेल १५ जुनमा भारतको ए टिमसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *