इजलासमा चौधरीका वकिलको प्रश्न – गाउँमा हलो जोत्ने मान्छेले गृहमन्त्रालयको कागज कसरी कीर्ते गर्यो?

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका गोबिन्द चौधरीको तर्फबाट एक जना मात्रै अधिवक्ताले बहस गरेका छन्।

उनको तर्फबाट अधिवक्ता रामप्रसाद सुब्बाले मात्रै बहस गरेका हुन्।

उनले चौधरीको खातामा शरणार्थीको रकम जम्मा भएको भन्ने पुष्टि हुनै नसक्ने बताए।

‘ठगीको रकममध्ये चौधरीको खातामा २७ लाख ७७ हजार जम्मा भएको भनिएको छ त्यो पनि मानियो। तर श्रीमान् रकम बचत गर्दा स्रोत र प्रयोजन खुलाउनुपर्छ। राष्ट्र बैंकले पनि त्यही भनेको छ’, अधिवक्ता सुब्बाले प्रतिप्रश्न गरे, ‘चौधरीको खातामा रकम जम्मा गर्दा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि जम्मा गरिएको रकम भनेको छ त? यो छैन भने कसरी पुष्टि हुन्छ त्यो रकम भुटानी प्रकरणको हो भनेर श्रीमान् ?’

अधिवक्ता सुब्बाले थपे, ‘अर्कोतर्फ चौधरीलाई करोडौं ठगीको प्रतिवादी बनाइएको छ, तर उनी आफैं सुकुम्बासी हुन्। एक धुर जमिन नभएको सुकुम्बासीले कसरी अकुत सम्पत्ति कमायो। कहाँ छ त्यो सम्पत्ति?’

सरकारी कागजात कीर्तेमा समेत संलग्न भनिएको भन्दै उनले यो हुनै नसक्ने जिकिर गरे।

‘गाउँमा हलो जोत्ने मान्छे जसले ८ कक्षा भन्दा पढेको छैन। अहिले आँखा समेत कम देख्ने भएकाले पढ्न लेख्नसमेत समस्या छ। त्यस्तो व्यक्तिलाई राज्यको गोप्य डकुमेन्ट कीर्ते भनेर मुद्दा लगाइएको छ। यो सम्भव हुने कुरा होर श्रीमान्?’ अधिवक्ता सुब्बाको तर्क थियो।

चौधरीले ठगी र सरकारी कागज किर्ते नगरेको दाबी गर्दै उनलाई साधारण तारेखमा रिहा गर्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =