विदेशी पर्यटकले नेपालमा ५२ अर्ब खर्चगर्दा नेपालीले विदेश घुम्दा १ खर्ब २ अर्ब खर्चे

काठमाडौँ । नेपालमा विदेशी पर्यटकले गर्ने खर्चभन्दा विदेश घुम्दा नेपालीले गर्ने खर्च दोब्बर बढी देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा घुम्न आउने पर्यटकहरूले गर्ने खर्चभन्दा दोब्बर विदेश जाने नेपालीहरूले खर्च गरेका हुन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांककाअनुसार चालु आवको १० महिनामा नेपालमा आउने पर्यटकहरूबाट ५१ अर्ब ८७ करोड रुपैयाँ नेपाल भित्रिएको छ । यही अवधिमा विदेश जाने नेपालीहरूबाट भने १ खर्ब २ अर्ब रुपैयाँ बाहिरिएको छ । तर विदेशीले नेपालमा गर्ने खर्च भने पोहोरभन्दा दोब्बरले धेरै हो ।

पोहोर १० महिनामा विदेशीले नेपालमा २६ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेका थिए । समग्रमा गत आर्थिक वर्ष नेपाल भित्रिएका पर्यटकहरूबाट सरकारले ३२ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही आवमा विदेश गएका नेपालीहरूले भने ९७ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेका थिए । अर्थात् नेपालबाट ९७ अर्ब ३२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश जाने नेपालीहरूले लगेका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बाट वैदेशिक पर्यटन शुल्कमा ५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । विदेशी मुद्राको सटही सुविधा लिँदा ५ प्रतिशत वैदेशिक पर्यटन शुल्कको रूपमा कर लिने व्यवस्था सरकारले गरेको हो । पर्यटन शुल्कले टुर प्याकेज महँगो हुने र विदेश घुम्न जाने नेपालीको सङ्ख्या कम हुने सरकारको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *