चिनियाँ पर्यटक बढ्न थालेपछि पोखरामा बन्द रेष्टुरेण्ट खुल्न थाले

पोखरा । १५ वर्षअघि अम्बोटमा सञ्चालित चाइनिज गार्डेन रेष्टुरेण्ट कोरोनाका कारण बन्द भयो । पोखरामा तत्कालीन समयमा खुलेका अधिकांश रेष्टुरेण्टहरु बन्दप्रायः छन् ।

चीनले नेपाललाई पनि गन्तव्य सूचीमा राखेपछि पोखरेली व्यवसायी चिनियाँ रेष्टुरेण्ट प्रति पुनः आकर्षित भएका छन् ।
चिनियाँ पर्यटक लक्षित चाइनिज गार्डेन रेष्टुरेण्ट सञ्चालन हुन थालेको छ । पछिल्लो समय चिनियाँ रेस्टुरेन्ट नेपालीको पनि रोजाइमा पर्छ ।

चाइनिज सेफ चाङ ज्याङ संघद्धारा सञ्चालनमा रहेको यो रेस्टुरेन्ट चिनियाँ राजदूत समेतको रोजाइ हो । पोखरा घुम्न आउने चाइनिज जो कोही यो रेस्टुरेन्ट पुग्ने गरेका छन् । पर्यटकको आकर्षणलाई ध्यानमा राखेर सुविधा थपिएको छ ।

साढे दुई करोड लगानीमा २ सय ५० जना ग्राहकलाई एकै साथ सेवा दिन मिल्ने गरी रेस्टुरेन्टलाई अपग्रेड गरिएको चाङ ज्याङले बताए । अहिले रेस्टुरेन्टमा ग्राहकको सेवाका लागि ७० जना अटाउने सभा हल पनि छ । भिआइपी हल पनि थप गरिएको छ । १५ जना कर्मचारीले रोजगारी पाएका छन् । चाइनिज एसोसिएसन पोखराका अध्यक्ष चाङकै अगुवाइमा रेष्टुरेण्टलाई पुनः सञ्चालनमा ल्याइएको हो ।

असार पहिलो साता पोखरामा नेपाल र चीनबीच ड्रागन बोट रेस पनि हुँदै छ । सोही इभेण्टलाई लक्षित गरी पुर्वसन्ध्यामा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको बताइएको छ । प्रतियोगिताका लागि चीनबाट जहाज चार्टर्ड गरेर खेलाडीहरू पोखरा आउँदै छन् । अन्य चाइनिज रेष्टुरेण्ट पनि बिस्तारै खुल्न थालेको चाङले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *