सुर्खेत उद्योग वायिाज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी ५ दिनदेखि सम्पर्कविहीन भएका छन् । हाल उनी कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।

कैलालीको कर्णाली चिसापानीबाट उनी आफूले चढ्ने गाडी र प्रयोग गर्ने मोबाइल छोडेर सम्पर्कविहीन भएको देखिएको प्रहरीले जनाएको छ ।

उनले प्रयोग गर्ने बा१८च ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली चिसापानीस्थित एक होटलमा पार्किङमा भेटिएको छ ।

गाडीभित्रै मोबाइल पनि भेटिएको छ । तर उनी भने सम्पर्कविहीन भएका छन् । उनी गाडीबाट निस्किएर गएको होटेलको सीसीटीभी फूटेजमा भेटिएको छ । उनको गाडीको चाबी पनि गाडीको डिकीमै भेटिएको छ ।

२२ जेठमा उक्त होटलमा बसेका भडारी २३ जेठबाट सम्पर्कविहीन भएको र उनी सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *