ओलीलाई जनार्दनको धम्की– माओवादीको शक्तिविना तपाइँको सिंहदरबार यात्रा कठिन छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री समेत रहेका सांसद जनार्दन शर्माले प्रतिनिधि सभा सदंसबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धम्की दिएका छन् । उनले सशस्त्र युद्धको रापतापबाट आएको माओवादीसँग अझै पनि उक्त शक्ति बाँकी रहेको भन्दै उनले माओवादीको शक्तिविना ओलीले सत्ता प्राप्त गर्न नसक्ने बताए ।

‘तपाइँलाई माओवादीले नै २ तिहाइको प्रधानमन्त्री बनाएको होइन र ?,’ उनले भने, ‘युद्धबाट आएको रापताप र शक्ति माओवादीसँग अझै बाँकी छ । याद रहोस् माओवादीको शक्तिबिना तपाईको सिंहदबार यात्रा कठिन छ र भइरहेने छ ।’

उनले एमाले अध्यक्ष ओलीको एकल एजेन्डा निर्वाचनमा पराजित भएको र एमालेको शक्रिको क्षयीकरण भएको समेत बताए ।

उनले ओलीले अघि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ कै एजेन्डा बजेटमार्फत अघि बउँदा आफूलाई अप्ठ्यारोमा पारेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *