जिल्ला निर्वाचन कार्यालय खरेज नगर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगरिने आश्वासन दिएका छन् ।  आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले शुक्रबार प्रधानमन्त्रीसहित मन्त्रीहरुसँग गरेको छलफलपछि प्रधानमन्त्रीले यस्तो आश्वासन दिएका हुन् ।

सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयमातहतको इकाइको रुपमा राख्ने प्रस्ताव गरेपछि आयोगले त्यसप्रति तीव्र आपत्ति जनाएको थियो ।

निष्पक्ष निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयहरु राख्नु अनिर्वाय रहेको भन्दै आयोगले आपत्ति जनाएपछि सरकार अहिले भने आयोगका जिल्ला कार्यालयहरुलाई खारेज गर्ने नीतिप्रति लचिलो बनेको हो ।

आयोगले गरेको छलफलमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा समेत जिल्ला निर्वाचन कार्यालयलाई अझ सुदृढ गरेर लान सहमत भएको आयोगले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जिल्ला निर्वाचन कार्यालयको अनुपस्थितिमा निर्वाचनमा धाँधली हुने अवस्था, डर र त्रासको वातावरण आउन जिल्ला निर्वाचन कार्यालयको औचित्यबारे प्रस्तुतिकरण गरेपछि प्रधानमन्त्रीसहितका मन्त्रीहरु यसलाई राख्न सहमत भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *