बीमा क्षेत्र सुधार्न बजारको संस्थागत क्षमता बढाउनु आवश्यक : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

शुक्रबार काठमाडौँमा भएको एसियन इन्स्योरेन्स मिट २०२३ लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो ।

उनले नेपालको बीमा क्षेत्रलाई सुुधार गर्न आवश्यक रहेको बताए । उनले नेपालको बीमा ब्रोकरहरूले ग्राहकहरूलाई उनीहरूले सामना गर्ने जोखिमहरू र तिनीहरूलाई न्यूनीकरण गर्न उपलब्ध बीमाबारे शिक्षित गर्न नसकेको भन्दै नियामक निकाय र बीमा बजारको संस्थागत क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग समेत सहयोगको आह्वान गरे ।

मन्त्री महतले डिजिटल प्लेटफर्महरू अँगालेर र प्रविधिको फाइदा उठाउँदै ब्रोकरलाई फराकिलो रुपमा ग्राहकमाझ पुग्न र निजीकृत प्रदान गर्न सक्षम बनाउन आवश्यक रहेको बताए । उनले बीमा क्षेत्रमा लचिलोपन निर्माण गर्न सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक रहेको पनि बताए । उनले बीमा उद्योगले आम नागरिकको हीतको संरक्षण मात्र गर्ने नभई राष्ट्रको दिगो विकासमा पनि योगदान पुर्याउने बताए ।

उनले एसियाली महाद्वीपले तिब्र आर्थिक रूपान्तरणको साक्षी दिइरहेको अवस्थामा बीमा उद्योगले विकासशील परिदृश्यलाई अनुकुल बनाउन र जोखिमहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले पुनर्बीमा र दलालहरूले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन हात मिलाएर काम गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *