शंखमूलबाट ५० हजार घुससहित समातिए टेकुका अधिकृत
२०८० जेठ २६ गते

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित पक्राउ गरेको छ ।
शुक्रबार अख्तियारको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याब टेक्निसियन (अधिकृत छैटौँ तह) लेखनाथ भट्टराईलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
भट्टराईले शंखमूलमा ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








