मधेशको नीति तथा कार्यक्रम आज, पहिचान झल्किने पोसाक लगाउन आग्रह

जनकपुरधाम । मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

आज दिउँसो ३ बजे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएकाले आ-आफ्नो सांस्कृतिक भेषभुषा तथा पहिरनमा २:३० बजेसम्म बैठकमा उपस्थित भइदिन सभामुख रामचन्द्र मण्डलले आग्रह गरेका छन् ।

अर्थमन्त्री सञ्जय कुमार यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुरानो योजनाहरूलाई निरन्तरता दिने र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *