पोखराका मुख्य चोकमा ट्राफिक लाइट जडान गरिँदै

पोखरा । पोखराका प्रमुख चोकहरूमा ट्राफिक लाइट जडान गरिने भएको छ । यातायातको चाप बढेको र प्रहरीले मात्रै व्यवस्थापन गर्न नसकेपछि लाइट व्यवस्थापन गर्न लागिएको हो ।

पहिलो चरणमा पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटर र विरौटाचोकमा लाइट जडानको काम सुरु भएको हो । सडक विभागको सहयोगमा महानगरले १ करोड ७० लाख लागतमा लाइट राख्न लागेको हो । जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् ।

पोखरा महानगरपालिका थप ५ वटा चोकहरूमा ट्राफिक संकेत लाइटहरू जडान लागि टेन्डर आह्वान गर्दैछ । पुनः चिप्लेढुंगा, हल्लनचोक, राष्ट्रबैकचोक, रत्नचोक र हेमजाको मिलनचोकमा लाइट राख्ने तयारी गरिएको मेयर धनराज आचार्यले बताए । महेन्द्रपुलमा भने यसअघि नै बत्ती जडान भैसकेको छ । तर प्रयोगमा आएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *