प्रदेशको पर्यटन विकास गर्न विदेशी धर्मगुरु घुमाउने गण्डकीको घोषणा

पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेशभित्रको धार्मिक पर्यटन विकासका लागि विदेशी धर्मगुरुलाई प्रदेश घुमाउने कार्यक्रम ल्याएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै धर्मगुरुलाई घुमाउने कार्यक्रम उल्लेख गरेका छन्।

‘धार्मिक पर्यटनको विकास एवं प्रचारका लागि धर्मगुरुहरूलाई यस प्रदेशका धार्मिक तीर्थस्थलहरूको भ्रमण गराइ धार्मिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास गरिनेछ ।

साथै, धार्मिक आस्थाका केन्द्रहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

नीति कार्यक्रममा स्पष्ट नलेखेपनि भारतीय धर्मगुरुलाई प्रदेश भित्र्याउने र भारतीय धार्मिक पर्यटकलाई गण्डकीका तीर्थाटन गराउने कार्यक्रमलाई सरकारले अघि सारेको हो । आगामी वर्ष पर्यटनमा सरकारले विशेष जोड दिएको छ ।

नीति तथा कार्यक्रममा लुम्बिनीदेखि मुक्तिनाथ हुँदै कैलाश पर्वत जोड्ने मुक्तिमार्गको अध्ययन गर्ने उल्लेख गरिएको छ ।

मुक्तिनाथ भारतीय पर्यटकहरुको रोजाइमा पर्दै आएको छ । २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथमा विशेष पूजा गरका थिए। त्यसपछि मुक्तिनाथको चहलपहल झनै बढ्यो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *