कोशी प्रदेशको जैविक विविधता संरक्षणमा ४२ लाख अमेरिकी डलर अनुदान

विराटनगर । कोशी प्रदेशमा जैविक विविधता संरक्षण अन्तरगतको कार्यक्रम सुरु हुने भएको छ। हिमाली र मध्य पहाडी जिल्लाहरूलाई लक्षित गरि यो कार्यक्रम सुरु हुन लागेको हो । हिमाली र मध्य पहाडी जिल्ला अन्तर्गत जैविक विविधताका लागि संयुक्त राष्ट्रसङ्घको विशेष संस्था एओ मार्फत करिब ४२ लाख अमेरिकी डलर अर्थात् करिब ५६ करोड नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त हुने कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले जानकारी दिए । अनुदानको रूपमा प्राप्त हुने सो रकम कोशी प्रदेशमा मात्र खर्च हुने जनाइएको छ।

‘जैविक विविधताको संरक्षणको क्षेत्रमा काम गर्ने गरी एक दुई दिन भित्रमा नै सम्झौता पत्रमा हस्ताक्षर हुनेछ,’ मन्त्री आचार्यले भने, ‘यो कोशी प्रदेशको जैविक विविधताको क्षेत्रमा आएको ठुलो रकम हो ।’

संयुक्त राष्ट्रसङ्घ सहित अन्य केही अन्तर्राष्ट्रिय क्षेत्रका दाताहरूसँग पनि समग्र प्रदेशको विकासका लागि सङ्घीय सरकार मार्फत कुरा भइरहेको मन्त्री आचार्यले जानकारी दिए । उनी पर्यटन वन तथा वातावरण मन्त्री भए पनि उनले कोशी प्रदेशमा आफ्नो मन्त्रालय अन्तगत नयाँ योजनाहरू सङ्घीय सरकारसँगको सहकार्यमा ल्याउने प्रयास गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *