पोखरा त साँच्चिकैको पोखरा नै रै’छ…

पोखरा । शीरमा हिमाल, काखमा पहाड, पैतलामा ताल बोकेर अथक अडिरहेछ, पोखरा । पोखराको मनोरम दृश्यले नलोभ्याउने सायदै होलान् ।

त्यसैले पोखरालाई सधैँ पर्यटनको राजधानी घोषणा गर्नुपर्ने आवाज उठिरहन्छ । प्राकृतिक सुन्दरता र मानव निर्मित संरचनाहरूले पोखरालाई बहुत श्रृंगारेका छन् । नेपाल आएका विश्वका पर्यटक मध्ये कम्तीमा ४० प्रतिशत पोखरा आइपुग्छन् ।

सन् १९५० मा माउरिस हार्जोगले पहिलो पटक अन्नपूर्ण प्रथममा पाइला टेकेपछि पोखराले अन्तर्राष्ट्रिय बजार पायो । सोही दिन ८ हजार मिटर माथिको हिमालमा मानवले पहिलो पटक पाइला टेकेको रेकर्ड छ ।

हार्जोगले स्वदेश फर्किएपछि दि अन्नपूर्ण नामको किताब लेखे । उनकै किताब पढेर नेपालका हिमाल चढ्नेहरू बढेका हुन् । एकअर्थले भन्ने हो भने, नेपाल र खासगरी पोखरामा पर्यटक बढेका हुन् ।

हिमालका लस्कर, फेवा, बेगनास रुपा लगायतका तालहरू, विभिन्न गुफा र सेती नदी आफैमा पर्यटकीय गन्तव्य हुन् । त्यसमाथि अहिले यहाँका प्रमुख डाँडाहरूमा धार्मिक स्थलहरूको निर्माण गरिएका छन् । पुम्दीकोटमा विशाल शिव मूर्ति निर्माण भएको छ ।

सराङकोट र काँहुँकोटमा बुद्ध मण्डला निर्माण हुँदै छ । व्यापारीहरूले साहसिक पर्यटकका रूपमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीप फ्लायर, बन्जी लगायत संरचनाहरू थपेका छन् ।

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ ।, ‘पोखरा त साँच्चिकैको पोखरा नै रै’छ । दशकौँअघि प्रेमप्रकाश मल्लले पोखराबारे यस्तो गीत कसरी गाएका थिए कुन्नि, जुन गीतका अंशहरू अहिले पनि उत्तिकै कालजयी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *