गण्डकीले ५ वटा सुरुङमार्गको अध्ययन गर्ने

पोखरा । गण्डकी सरकारले आउँदो वर्ष ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भीमाददेखि नवलपुरको डेढगाउँ, नवलपुरको डेढगाउँ झ्यालबास, म्याग्दीको दानादेखि मुस्ताङको घासा, लमजुङको शितलपाटीदेखि नाल्माफेदीसम्मको सुरुङमार्ग आगामी वर्ष सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

यस्तै, दुई वा सो भन्दा बढी स्थानीय तह जोड्ने सडक, एक निर्वाचन क्षेत्र एक सडकलाई प्राथमिकता दिइएको छ । स्थानीय तहको केन्द्र जोड्ने सडक, प्रादेशिक लोकमार्ग र राजमार्गसँग जोडिने सडकलाई सरकारले निर्माणलाई पूर्णता दिने घोषणा गरेको छ ।

बिद्युतीय गाडीलाई प्राथमिकता दिँदै विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने योजनालाई अघि सारिएको छ । त्यसो त गण्डकी सरकार आफैले आगामी वर्षमा चारपाङ्ग्रे गाडी खरिद नगर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *