गण्डकीले लोकल रक्सी ब्राण्डिङ गर्ने

पोखरा । गण्डकी सरकारले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो ।

‘आधुनिक प्रविधिको प्रयोग गर्दै घरेलु मदिराको ब्राण्डिङ र उत्पादनको आवश्यक अध्ययन गरिनेछ,’ नीति तथा कार्यक्रमा भनिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र आयोजना प्रदेश मातहत ल्याउने सरकारी घोषणा छ ।

विभिन्न ठाउँका धर्मगुरुलाई प्रदेशका धार्मिक क्षेत्र घुमाएर धार्मिक पर्यटनको बिकास गर्ने कार्यक्रम ल्याइएको छ । लुम्बिनीदेखि मुक्तिनाथ हुँदै कैलाश पर्वत जोड्ने मुक्तिमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *