गण्डकीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

पोखरा । गण्डकी सरकारले गाँजा खेतीका लागि संघ सरकारसँग सहमती माग्ने नीति तथा कार्यक्रम ल्याएको छ । औषधीजन्य प्रयोगका लागि गाँजा खेती गर्न सम्भाव्यता अध्ययन गर्ने र खेतीका लागि संघ सरकारसँग समन्वय गर्ने सरकारले जनाएको छ ।

बाँदरले खेतीमा दिएको दुख अन्त्य गर्न पशुपालनमा जोड दिने कार्यक्रम ल्याएको छ । ञप्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारीझ नारा सहित बाँदरबाट बाली जोगाउन पशुपालनलाई जोड दिने कार्यक्रम ल्याइएको हो ।

कृषकलाई उद्यमी, कृषिलाई उद्योग बनाउने गरी विशेष कृषि अभियान सञ्चालन गर्ने, माटो तथा मल प्रयोगशालाको स्तरोन्नती गर्ने, मर्स्याङ्दी, कालिगण्डकी लगायत कोरिडोरमा एकीकृत कृषि कार्यक्रम सुरु गर्ने नीति छ ।

आगामी वर्ष कृषक र व्यवसायी बीच करार गरी कृषिलाई बजारसँग जोड्ने कार्यक्रम बनाइएको छ भने भाँगो, सिस्नो, टुसा, निगुरो लगायत उत्पादन ब्राण्डिङ गर्ने कार्यक्रम ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *