नेपालले जित्यो मलेसियासँगको टी-२० सिरिज 

काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिज जितेको छ । आइतबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई  विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । नेपालका लागि नेपालका लागि सिता राना मगरले ३४, कप्तान रुविना क्षेत्री २३, अप्सरी वेगम १५ र ज्योति पाण्डेले अविजित ११ रन बनाए ।

यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् ।

विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् । नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी विष्टले १ विकेट लिइन् ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नेपालले ३-२ ले जित्यो । पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *