गण्डकीको नीति कार्यक्रम आज

पोखरा । गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो २ बजे संसदमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संघीय संरचनाले पहिलो ५ वर्ष पूरा गरेको छ । आगामी वर्ष सरकारले कृषि, पर्यटन र ऊर्जालाई जोड दिने बुझिएको छ । नयाँ संसद्पछि आउने पहिलो नीति तथा कार्यक्रमलाई विशेष महत्त्वका साथ हेरिएको छ । आगामी वर्ष सरकारले चारपाङ्ग्रे गाडी एउटा पनि नकिन्ने घोषणा गरिसकेको छ । यस्तै भवन निर्माण लगायत अनुत्पादक क्षेत्रमा लगानी नगर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।

अधुरा र महत्पूर्ण योजना पूरा गर्न सरकारले बजेटलाई प्राथमिकता दिनेछ । हाल कृषिमा दिइँदै आएको अनुदानलाई परिमार्जन गरी उत्पादनमा आधारित अनुदान प्रणालीलाई फोकस गरिएको छ । १० वर्ष मुनि र ६० वर्ष माथिकालाई सरकारी अस्पतालमा ओपिडी टिकट निःशुल्क, क्यान्सर बिरामीलाई दिइँदै आएको रकममा वृद्धि गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *