शौचालयभित्र जलिरहेको अवस्थामा भेटिए लेखापाल 

काठमाडौँ । मोरङको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका हुन्  ।

मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाललाई विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ः५० बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार ढकाल सोही विद्यालयको लेखापाल रहेको खुलेको छ । बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको जानकारी परिवारले प्रहरीलाई दिएको छ ।

प्रहरीका अनुसार ढकालको घर र विद्यालय नजिकै छ । शरीरमा दन्किएको आगोले पोलेर पीडाले चिच्याइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी र स्थानीयले शौचालयबाट उद्धार गरेर शरीरमा बलिरहेको आगो निभएको जानकारी डीएसपी दाहालले दिए ।

उनका अनुसार आगोले शरीरका अधिकांश भाग जलेको छ । गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । घटनास्थलको प्रकृति हेर्दा सुरुमा किटनासक विषादी सेवन गरेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर खन्याउँदै शरीरमा ढकाल आफैँले आगो लगाएजस्तो देखिने डीएसपी दाहालको भनाइ छ ।

ढकालले प्रयोग गर्दै आएको प्रदेश १-०२-०४३ प २४४९ नम्बरको मोटरसाइकल शौचालयनजिकै फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यालयको लेखा परीक्षण शनिबार राखिएको रहेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *