पुम्दीकोटः पोखराको नयाँ पर्यटकीय ब्राण्ड (तस्बिरहरू)

पोखरा । पोखरामा निर्माण गरिएको शिव भगवानको विशाल मूर्ति अहिले आन्तरिक पर्यटकको प्रमुख रोजाइको केन्द्रमा दर्ज भएको छ । पोखरा २२ पुम्दीकोटमा स्थानीयकै सक्रियतामा ५२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको हो ।

मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमिनलाई ३० वर्षका लागि भोगाधिकार लिएर मूर्ति निर्माण गरिएको हो । नेपालकै अग्लो दाबी गरिएको मूर्ति सहित अन्य संरचना पूरा गर्न ४० करोड लागत अनुमान गरिएको छ ।

५० प्रतिशत भन्दा बढी काम सकिएको बताइएको छ । हिलट्यांक प्रालिका प्रबन्ध निर्देशक कमल जैनले शिवको मूर्ति सहयोग गरेका थिए । भारतको मथुराबाट ल्याइएको सो मूर्ति बाहिर फाइबर र भित्र स्टिलबाट निर्माण गरिएको छ ।

२०७३ मा महायज्ञ लगाएर ६ करोडभन्दा बढी नगद र जिन्सी संकलन गरेपछि मूर्ति निर्माणको काम अघि बढेको हो । मूर्ति बनाउन संघ, प्रदेश र स्थानीय सरकार सहित विभिन्न संघ संस्थाहरूले सहयोग गरेका छन् । मूर्ति निर्माण पाँच वर्षभित्र सक्ने लक्ष्य लिइएकोमा कोरोनाका कारण केही ढिलो सकिएको हो ।

त्यहाँ शिवको बृहत् चिनारीसहित १०८ शिवलिंग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, लगायत संरचनाहरू पूरा हुनेछन् । केही संरचना निर्माण भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *