प्रदेश सांसदलाई ऐनविपरित लिएका सुविधा तत्काल फिर्ता गर्न प्रमुख सचेतक राईको आग्रह

नेपाली कांग्रेस कोशी प्रदेश प्रमुख सचेतक भुपेन्द्र राईले सांसदहरुलाई पारदर्शी बन्न र आफूले बनाएको ऐन कानुन पालना गर्न आग्रह गरेका छन्। शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै सांसद राईले जनप्रतिनिध भनेको भ्रष्टाचारी हुन्छन्, अपारदर्शी हुन्छन् भन्ने नागरिकमा छाप बसिसकेकाले त्यसलाई हटाउन सुध्रिनु पर्ने बताए।

‘हामीले आफ्ना लागि कानुन बनाउने होइन, नागरिक र देशका लागि बनाउने हो। हामीले त्यसो गरेका छैनौं। कानुन बनाएका छौं, ऐन बनाएका छौं तर आफैं मानिरहेका छैनौं’, राईले भने।

पछिल्लो राजनीतिक घटनाक्रमले जनप्रतिनिधिलाई निक्कै अप्ठेरो परिस्थितिमा पु¥याएको पनि उनले बताए।

‘२÷४ जना व्यक्तिका कारण हामी आलोचित हुनु परेको छ। प्रदेश सदस्यहरुले पाउनेभन्दा बढी सुविधा लिइरहेका छन्। यो ठिक भएन। आवास र गाडीको सुविधा क–कसलाई दिइरहेको छ ? कुन ऐन अनुसार दिइएको हो ?’, राईले प्रश्न गरे।

ऐनविपरित सांसदलाई सुविधा दिएकबो विषयमा आफूले संसद सचिवालयमा कुरा उठाएको तर सचिवालयले मन्त्री परिषदको निर्णय अनुसार दिएको भन्ने जवपाm दिएको उनले बताए।

‘यदि मन्त्रीपरिषदले ऐनभन्दा बाहिर गएर निर्णय गर्न सक्छ भने यो सभा के का लागि ? हामी किन यतिसारो लाचार भएर सुविधा भोगि बनिरहेका छौं। त्यत्रो आलोचना हुँदा पनि हामीले किन फिर्ता गरेनौं’, राईले भने।

उनले सभापछि तत्काल त्यस्ता ऐनविपरित लिएका सुविधा फिर्ता गर्न पनि आग्रह गरे। कांग्रेसबाट कसैले लिएको छ भने फिर्ता गराउने प्रतिवद्धता जनाउँदै यस बारे पार्टीले निर्णय गरिसकेको कांग्रेसका प्रदेश महामन्त्री समेत रहेका राईले बताए।

यस्तै महालेखाको परीक्षण प्रतिवेदनको बारेमा पनि उनले प्रदेश सभामा कुरा उठाए। प्रदेश सरकारले गलत ठाउँमा मनोमानी खर्च गर्दा प्रदेश संरचना नै बदनाम बनेको उनको भनाई छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *