विराटनगरको सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा राखिएको सी.सी.क्यामेरा महानगरद्वारा जफत

विराटनगर । विराटनगर महानगरपालिकामा रहेको एक निजी विद्यालयको शौचालयमा समेत सी.सी. क्यामेरा जडान गरेको फेला परेको छ। विराटनगरमा नाम चलेको विद्यालय मध्येको एक सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा सी.सी. क्यामेरा फेला परेको हो ।

सी.सी. क्यामेरा जडान भएको सुचनाको आधारमा विराटनगर महानगरपालिकाबाट गएको नगर प्रहरीको टोलीले सी.सी. क्यामेरा निकालेको हो । महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीको निर्देशनमा गएको महानगरपालिको शिक्षा शाखा साथै नगर प्रहरी लगायतको टोलीले गैर कानुनी रूपमा राखिएको शौचालय भित्रको सी.सी क्यामेराहरू निकालेर महानगरपालिकाले जफत गरेको छ ।

महानगरले सो विद्यालयलाई कारबाही गर्ने भएको छ । कानुन विपरीतका यस्ता गतिविधि गर्ने विद्यालयलाई कानुन अनुसार कारबाही गरिने उपमेयर कार्कीले जानकारी दिइन् । ‘हामीलाई शौचालयमा सी.सी. क्यामेरा राखेको भन्ने जानकारी आएपछि टोली परिचालित गरिएको थियो, उनले भनिन्, यस्ता कानुन विपरीतका कार्य गर्ने विद्यालयहरू कानुनी प्रक्रियामा आउँछन् ।’

दिउँसो मात्र यो विषय जानकारीमा आएपछि विद्यालयलाई सचेत गराउँदा समेत बेवास्ता गरेको त्यहाँ पुगेको टोलीले जनाएको छ।

प्रयोजन नै नखुलाई सी.सी. क्यामेरा शौचालयमा राखिनु गैर कानुनी काम भएकोले ३० हजारसम्म जरिवाना र अरू कानुनी कारबाही अघि बढ्ने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *