प्रधानमन्त्री प्रचण्डले महांकालेश्वर मन्दिरमा चढाए १०८ किलो रुद्राक्ष

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भारत मध्यप्रेदशको उज्जैनमा रहेको महांकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाएका छन् ।

नयाँ दिल्लीबाट शुक्रबार मध्येप्रदेशको इन्दौर हुँदै उज्जैन पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँको महांकालेश्वर मन्दिरमा उक्त रुद्राक्ष चढाएका हुन् । उनले उक्त रुद्राक्ष ४ वटा लजेजमा प्याक गरेर नेपालबाट लगेका हुन् ।

१२ ज्योतिर्लिङ्गमध्ये एक मानिएको उक्त महांकालेश्वर मन्दिरमा पूजा अर्चनासहित रुद्राक्ष चढाएका हुन् ।

नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महांकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई मन्दिरभित्र प्रवेश तथा पूजा अर्चनामा रोक लगाइएको थियो ।

शुक्रवार बिहान ६ बजेदेखि १२ बजेसम्म मन्दिरको गर्भ गृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *