रक्सौल–काठमाडौँ रेलमार्गको सर्वेक्षण प्रतिवेदन भारतद्वारा नेपाललाई हस्तान्तरण
२०८० जेठ १८ गते

काठमाडौँ । रक्सौल–काठमाडौँ रेलमार्गको सर्वेक्षण प्रतिवेदन भारतले नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका दौरान भारतले उक्त रेलमार्गको सर्वेक्षण प्रतिवेदन नेपाललाई बुझाएको भारतीय विदेश सचिव विनयमोहन क्वात्राले बताए ।
‘अब हामी नेपाल सरकारको प्रतिक्रियाको अपेक्षा गर्दैछौं,’ क्वात्राले भने, ‘नेपाल सरकारको प्रतिक्रिया जतिसक्दो छिटो आउँछ, त्यति नै छिटो अगाडीको काम थालिनेछ ।’
नेपालले प्रतिवेदनमाथिको जवाफ बुझाएपछि उक्त रेलमार्गको सम्भाव्यता अध्ययन कार्य अघि बढाउने उनले बताए ।
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित









