मेरो ज्यान जोखिममा छ : उपमेयर रेणु

काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले आफ्नो ज्यान असुरक्षित भएको बताएकी छन् । उनले कानुन विपरीतका काममा सहयोग नगर्दा आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी हुन् ।

नगरपालिका २ निगौलमा निजी जग्गामा सार्वजनिक धर्मशाला बनाउन लाग्दा परेको उजुरीमाथि छलफलको क्रममा आफूमाथि आक्रमण प्रयास भएको उपमेयर महतोले बताइन् । जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनले मेयर डा. दीपेन्द्र महतो निकटका व्यक्तिहरूलाई आफूलाई सुरक्षा खतरा रहेको बताएकी हुन् ।गौशालाका मेयर महतो थमन विक हत्या प्रकरणमा निलम्बित एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीका छोरा हुन् ।

मेयरले आफू अनुकूल मिलेमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियम विपरीत काम गर्न दबाब दिने गरेका उनको भनाई छ । ‘मलाई नियोजितरूपमा मेरै कार्यकक्षमा ज्यान मार्ने प्रयास भएको छ । अफिसको समय सकिँदा भीडभाड नभएको मौका छोपेर पूर्वयोजना अनुसार वडाध्यक्ष र श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले ज्यान मार्ने प्रयास गर्‍यो,’ उनले भनिन् ।

निर्माणाधीन धर्मशालाको विषयमा न्यायिक छलफल भइरहेको बेला आफूमाथि आक्रमण प्रयास भएको उपमेयर महतोका दाबी छ । ‘ म आफैँ न्यायिक समितिको संयोजक भएपनि दुर्व्यवहार भएको छ,’ उनले भनिन्, ‘अब म आफैँ न्याय खोज्न कहाँ जाऊँ ? मलाई मेरो ज्यान असुरक्षित महसुस हुँदैछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *