पोखराको बेथिति : खानाखाजामा साढे २ करोड, मनपरी आर्थिक सहायता

पोखरा । पोखरा महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा खाना, खाजा खर्चमा करिब साढे २ करोड खर्च गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा खाना तथा विविध खर्च शीर्षकमा २ करोड ३९ लाख १३ हजार खर्च गरेको देखिएको छ । नगरपालिकाले बैठक तथा अन्य क्रियाकलाप सञ्चालन गर्दा उपस्थितिको कागजात समेत पुष्टि नगरी खर्च लेखेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

खर्चको पुस्ट्याइँ बेगर विल भरपाईको आधारमा मात्रै खाजाखाना बापतको खर्च लेखेकोले यस्तो खर्च नियन्त्रण गर्न सुझाव दिइएको छ । ‘यसरी लेखेको खर्च वास्तविक हो वा होइन पुष्टि गर्न सकिएन,’ रिपोर्टमा भनिएको छ, ‘यस्तो खर्चमा नियन्त्रण गर्नुपर्दछ । होटलको विलमात्र लिएर खर्च लेख्नु राम्रो होइन ।’

आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड ४० लाख खर्च भएको थियो । पालिकाले मनलाग्दी आर्थिक सहायता पनि वितरण गरेको भेटिएको छ । सामाजिक सुरक्षा र उद्धार राहत तथा पुन स्थापना खर्च भनेर ७ करोड ४८ लाख ८ हजार खर्च लेखेको छ । कार्यपालिका बैठकहरूमा व्यक्ति र संस्थाको नाम नलेखी धेरै सङ्ख्या एकै पटक छिराएर रकम निकासा दिने गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *