पोखरामा नियम विपरित बृद्धभत्ता, संघले दिएको रकममा २ सय थप

पोखरा । पोखरा महानगरपालिकाले राज्यको नियम बेगर सामाजिक सुरक्षा भत्ता बढाएर दिने गरेको छ ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को परिच्छेद ४ को दफा १५ (२) मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीका लागि संघ सरकारबाट प्राप्त रकममा स्थानीय सरकारले आफ्नो कोषबाट कुनैपनि रकम थप गरी प्रदान गर्न नपाउने व्यवस्था छ ।

महानगरले कार्यविधि विपरित भत्ता वितरण गरेको हो । महानगरका पुर्व मेयर मानबहादुर जिसीले पदबहालीकै दिन सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गरेका थिए । त्यसकै आधारमा प्रत्येक जेष्ठ नागरिकलाई प्रतिब्यक्ति २ सयका दरले थप भत्ता महानगरले उपलब्ध गराउँथ्यो ।

संघ सरकारले नै उपयुक्त ठाने भत्ता बढाउन सक्छ । महानगरले एकै वर्षमा ३ करोड ६९ लाख १२ हजार ७२ रुपैयाँ निकासा दिएको थियो ।

यो रकम नियमसंगत नभएको भन्दै नियमित गर्न महालेखा परीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *