२७ जना आन्दोलनकारी रिहा, आमहड्ताल फिर्ता

प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनका क्रममा पक्राउ परेका २७ जनालाई रिहा गरिएको छ। पहिचानको आधारमा नामकरण गर्नु पर्ने मागसहित आन्दोलनका क्रममा पक्राउ परेका २७ जनालाई मंगलबार साँझ रिहा गरिएको हो।

विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर आन्दोलन गरेपछि जेठ १४ गते २७ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

रिहा हुनेहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरूङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम रिहा भएका छन्।

उनीहरूले प्रदेशको नाम पहिचानको आधारमा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले बुधबार पनि विराटनगरमा शान्तिपूर्ण आन्दोलन गर्ने तर आमहड्ताल फिर्ता लिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *