पोखरामा आजदेखि पाटाको शिखर सम्मेलन

पोखरा । पोखरामा आजदेखि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट हुँदैछ । एसिया-प्रशान्त क्षेत्रका पर्यटन तथा ट्राभल संघसंस्थाको छाता संस्था पाटाको सम्मेलन पहिलो पटक नेपालमा हुन लागेको हो ।

नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा पाटाको आयोजनामा ४ दिनसम्म चल्ने सम्मेलनमा २२ देशका १ सय ६० जना क्रेता र बिक्रेतासहित झन्डै २ सय ५० जनाको सहभागिता रहने छ ।

माल्दिभ्सका पर्यटनमन्त्रीसहित सात देशका पर्यटन हेर्ने निकायका उच्च पदाधिकारी सम्मेलनमा भाग लिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिए । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *