गुजरातलाई हराउँदै चेन्नईले जित्यो आइपिएलको उपाधि

काठमाडौँ । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौँ पटक आइपिएलको उपाधि जितेको हो ।

वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । जुन चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । वर्षाले प्रभावित फाइनल आइतबार हुनुपर्नेमा सोमबार राति सम्पन्न भएको थियो । योसँगै चेन्नईले पाँच पटक आइपिएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आइपिएलको उपाधि जितेको थियो ।

त्यस्तै दोस्रो सिजन आइपिएल खेलिरहेको गुजरात भने दुवै पटक फाइनल खेलेको छ । अघिल्लो सिजन आफ्नो डेभ्यु सिजनमै विजेता बनेको गुजरात यस पटक भने उपविजेतामा चित्त बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *