यस्तो छ आर्थिक वर्ष २०८०/८१ काे बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि कूल बजेट १७ खर्ब ५१ अर्ब बजेट विनियोजना गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त बजेट चालू आर्थिक वर्षको भन्दा कम हो । चालू वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको ल्याएको थियो ।

उक्त बजेटमा गरिएको विनियोजन रकम मध्ये चालु खर्चका लागि ११ खर्ब ४१ अर्ब ७८ करोड खर्च गर्ने गरी विनियोजन गरेको छ ।

त्यस्तै, ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ पूँजीगत खर्चको रुपमा व्यवस्थापन गरेको छ । गत वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च अर्थात् विकास बजेट सरकारले छुट्याएको थियो । यसआधारमा आगामी वर्ष सरकारले विकास बजेटमा समेत कटौती गरेको देखिएको छ ।

प्रदेश तथा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न सरकारले ४ खर्ब ८ अर्ब रकम विनियोजन गरेको छ ।

उक्त बजेटको स्रोत व्यवस्थापन अन्तर्गत सरकारले १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट उठाउने लक्ष्य राखेको छ । त्यस्तै, ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान पाउने अपेक्षा राखेको छ । २ खर्ब १२ अर्ब वैदेशिक ऋण र २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यो बजेटको कार्यान्वयनबाट सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ । त्यस्तै, मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य सार्वजनिक गरेको छ ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *