पुराना र प्रयोगविहीन सरकारी सवारी साधन ६ महिनाभित्र लिलामी गरिने

काठमाडौँ । सरकारले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारीसाधन लगायतका सामानहरू ६ महिनाभित्र लिलामी गरिसक्ने भएको छ ।
सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो बताएका हुन् । उनले सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरबन्दी भन्दा बढी सङ्ख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेको पनि बताए ।
उनले भने ‘सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरबन्दी भन्दा बढी सङ्ख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेको छु । सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारीसाधन लगायतका सामानहरू ६ महिनाभित्र लिलामी गरिनेछ ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *