सर्वसाधारणका लागि खुल्यो राजाको हिउँदे दरबार (तस्बिरहरू)

पोखरा । पोखराको लेकसाइडमा रहेको राजाको हिउँदे दरबार सर्वसाधारणको लागि खुला गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर रत्न मन्दिर र हिमागृह खुला गरिएको हो ।

पोखरेलीहरूले लामो समयदेखि उक्त दरबार खुला गर्न माग गर्दै आएका थिए । दरबार खुलेसँगै पोखरा आउने पर्यटकका लागि नयाँ गन्तव्य बन्ने विश्वास पर्यटन व्यवसायीहरूको छ ।

प्यागोडा शैलीमा निर्मित हिमागृह दरबारको भित्री संरचना ढुंगामा कुँदिएका आकर्षक कलाले सज्जित छ । पूर्व राजा महेन्द्रले तालपारिको रानीवनको संरक्षण समेतको लक्ष्य राखी २०१३ सालमा जग्गा किनेर ३ वर्षपछि रानी रत्नराज्यलक्ष्मीको नाममा दरबार निर्माण गरेका थिए ।

हिमागृह २०३२ सालमा निर्माण गरिएको हो । करिब १० रोपनी क्षेत्रफलमा फैलिएको हिमागृहमा ऐतिहासिक वस्तुहरू रहेका छन् । विगतमा राजपरिवार वर्षमा १ महिनासम्म हिउँदे दरबारमा बस्ने गर्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *