कर्णाली प्रदेशसभा संसदीय समितिका सभापति चयन

सुर्खेत । कर्णाली प्रदेशसभामा रहने ४ वटै संसदीय समितिका सभापति चयन भएका छन् । आज भएको समिति सभापतिको निर्वाचनमा सहमतिमै चारवटै समितिका सभापति निर्विरोध चयन भएका हुन् ।

जसअन्तर्गत सामाजिक विकास समितिमा कांग्रेसका घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक श्रोत समितिको सभापतिमा नेकपा माओवादीका दुर्गा रावत र प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीका कल्याणी खड्का निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *