सरकारकाे आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक, सुधारतर्फ अर्थतन्त्र (पूर्णपाठ)

काठमाडौँ । सरकारले आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको समीक्षासहित सरकारले ल्याएको उक्त सर्वेक्षण प्रतिवेदनले अर्थतन्त्र सुधार हुँदै गएको देखाएको छ ।

कोभिड–१९ महामारीबाट प्रभावित विश्व अर्थतन्त्र क्रमिक रूपमा सुधारतर्फ अघि बढिरहेको सर्वेक्षण प्रतिवेदनले उल्लेख गरेको छ ।

‘आर्थिक वर्ष २०७९.८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान छ,’ सर्वेक्षणमा भनिएको छ, ‘चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ। त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ। ’

आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत हुने अनुमान सर्वेक्षण प्रतिवेदनले गरेको छ ।

प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *