‘सडकदेखि सदनसम्म सबै खालको भ्रष्टाचारविरुद्ध राप्रपाले संघर्ष गर्छ’

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूले सुर्खेत पुगेर नक्कली शरणार्थी प्रकरण नेपालको इज्जतसँग जोडिएको भन्दै यो विषय राज्यविरुद्धको अपराध भएको बताएका छन् । आइतबार सुर्खेत आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीले यो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले भने ‘सडकदेखि सदनसम्म सबै खालको भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सङ्घर्ष गर्ने गरेको छ ।’ यो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिँदै । सडकदेखि सदनसम्म सबै खालको भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सङ्घर्ष गर्ने उनको भनाइ थियो ।

आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले दरबार हत्याकाण्डको छानबिन गर्ने विषयमा आफ्नो पार्टीको कुनै आपत्ति नरहेको बताए । आफ्नो पार्टी पनि उक्त घटनाको छानबिन गरेर सत्य तथ्य जनतामाझ पुर्‍याउनुपर्ने पक्षमा रहेको यसमा पार्टीको सहयोग रहने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *