गण्डकी सरकार

साढे १० महिनामा ३३ प्रतिशत बजेट खर्च

पोखरा । गण्डकी सरकारले साढे १० महिनामा ३३ प्रतिशत बजेट खर्च गरेको छ । कुल ३५ अर्ब ९० करोड बजेट मध्ये चालूतर्फ ५ अर्ब २७ करोड र पुँजीगत तर्फ ६ अर्ब ८३ करोड बजेट खर्च भएको हो ।

अब बजेट कार्यान्वयनका लागि डेढ महिना मात्रै बाँकी छ । हालसम्म चालू ३९ प्रतिशत र पुँजीगत ३० प्रतिशत बजेट खर्च भएको हो । हालसम्म १२ अर्ब ११ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । बजेट खर्चको अनुपात यस्तै रहे ६० प्रतिशत पनि खर्च नहुने अवस्था छ । यो अवधिमा आम्दानी पनि जम्मा ६१ प्रतिशत मात्रै प्राप्त भएको छ ।

कर राजश्व ५ अर्ब ८९ करोड, समानीकरण अनुदान ६ अर्ब ९३ करोड, सशर्त अनुदान चालू तर्फ १ अर्ब २५ करोड, सशर्त पुँजीगत तर्फ १ अर्ब ६९ करोड, विशेष अनुदान पुँजीगतमा ३२ करोड, चालू तर्फ २२ करोड प्राप्त भएको छ ।

समपूरक अनुदानमा ४८ करोड प्राप्त भएको छ भने अन्य राजश्वबाट ८४ करोड, विविध प्राप्ति तर्फ ४ अर्ब ४८ करोड प्राप्त भएको छ । हालसम्म २२ अर्ब १३ करोड आम्दानी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *