अन्तु डाँडामा एक दिन (तस्बिरहरू)

इलाम । पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य इलाम भन्नेबित्तिकै धेरैको सोचमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ ।

मान्छेलाई लोभ्याउने इलाममा चिया बगानसँगै अन्य धेरै स्थान छन् । त्यसमध्ये एक हो, इलामको सूर्योदय नगरपालिका-५ मा रहेको श्री अन्तु डाँडा । श्री अन्तु डाँडा इलाम जिल्लाको एक पर्यटकीय गन्तव्यका रूपमा रहेको छ ।

श्री अन्तु समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा अवस्थित छ । अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । इलामको व्यावसायिक एवं नेपाल भारतको एक पूर्वी नाका बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ ।

यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बंगालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *