एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित (तस्बिरसहित)
२०८० जेठ १२ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले बेल घेराउ गरेका छन् ।
बेल घेराउसँगै प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए ।
सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद् चल्न नदिने अडान लिएका थिए ।
यसैबीच, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएसम्म संसद् चल्न नदिने अडान समेत राखेका छन् ।
तस्बिरहरु:

सबै तस्बिरहरु : मकालुखबर
२०८० जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित









