आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२०८० जेठ १२ गते

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
बिहिबार प्रति तोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सये रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो । बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।

२०८० जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित