मधेशका मुख्यमन्त्री यादवले भने– अब सरकारी गाडी दुरुपयोग हुँदैन, तीन दिनभित्र सबै गाडी फिर्ता ल्याउँछौं

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सरकारी गाडी दुरुपयोग रोक्ने र कमिशनको खेल हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

कमिशन दिने पालिकालाई मात्र सशर्त बजेट पठाएको र सरकारी गाडीको दुरुपयोग बढेको भन्दै नेकपा एमालेका साँसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गर्दै मुख्यमन्त्री यादवसँग जवाफ मागेका थिए ।

जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले सरकारीको गाडी दुरुपयोग रोक्ने र कमिशनको आधारमा बजेट पठाउने काम नहुने प्रतिवद्धता जनाए । उनले भने, ‘मन्त्रालयहरुको सरकारी गाडी जहाँ छ, सबै ठाउँबाट तीन दिनभित्र फिर्ता ल्याउँछौं ।अब सरकारी गाडी दुरुपयोग हुन दिन्नँ ।’

मुख्यमन्त्री यादवले सशर्त बजेट सम्बन्धी कार्यविधिमा रहेको जटिलता संशोधन गरी हटाउने र माननीय ज्यूहरुको समन्वयमा स्थानीय तहमा बजेट पठाउने बताए ।

उनले विगतमा समन्व्य नभएको स्वीकार गर्दै अब नीति तथा कार्यक्रम र बजेट सबै माननीय ज्यूहरुसँग सहकार्य र समन्वय गरी ल्याउने प्रतिवद्धता पनि जनाए ।

नेकपा एमालेका साँसदहरुले १० प्रतिशतसम्म कमिशन दिएको पालिकालाई मात्र सशर्त बजेट पठाएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *