मधेस सरकारमा लोसपा पनि सहभागी, पटेल वन मन्त्री

जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भएको छ ।

लोसपाको सिफारिसमा नवनियुक्त वन तथा वातावरण मन्त्री रमेश पटेल पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहण गराए ।

पर्सा क्षेत्र नम्वर २(२)बाट निर्वाचित पटेललाई मन्त्री बनाउने निर्णय आजै लोसपा संसदीय दलको बैठकले निर्णय गरेको थियो । लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो ।

तर तत्काल एउटा मन्त्रालय दिने सहमती अनुसार लोसपा सरकारमा सहभागी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *