विराटनगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गरेको छ ।

धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो ।महानगरपालिकाका मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले किसानलाई धानको बिउ प्रदान गरे ।

महानगरले विराटनगर ४, ५, ६, १४, १६, १८ र १९ नम्बर वडाका ५२५ जना किसानलाई १६ हजार १ सय ६९ केजी बिउ वितरण गरेको छ । सो बिउले ४०३ बिघा क्षेत्रफललाई पुग्नेछ । वितरण गरिएको बिउबाट २८ हजा २४५ मेट्रिक टन धान उत्पादन हुने महानगरको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *