मधेश सरकारमा लोसपा पनि सहभागी हुँदै, पटेलले आजै वन मन्त्रीको शपथ लिने

जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने भएको छ ।

लोसपाले सांसद रमेश पटेललाई वन तथा वातावरण मन्त्री बनाउने सहमती जुटाएको हो । पर्सा क्षेत्र नम्वर २(२)बाट निर्वाचित उनी आजै मन्त्रीको शपथ लिने बुझिएको छ ।

लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर तत्काल एउटा मन्त्रालय दिने सहमती अनुसार लोसपाले पटेललाई सरकारमा पठाउने निर्णय गरेको हो ।

मधेस भवनमा नवनियुक्त मन्त्री पटेललाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज बेलुका ५ बजे शपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *